नेपाल आयरल्याण्ड दिवस २०१७, अन्तर्किया कार्यकम र नेपाल समेलन

Post date: Aug 6, 2017 6:27:38 AM

नेपाली दुतावास लण्डन, नेपाल पर्यटक बोर्ड र नेपाल आयरल्याण्ड समाजको सयुक्त तत्वाधनमा आयरल्याण्डको डब्लिनमा बृहत कार्यकम आयोजना गरिने भएको छ । युरोपियन पर्यटक प्रावधान लछित नेपाल भ्रमण बर्ष २०१७ (इ.स.) (नेपाल भ्रमण युरोप २०१७ ) अभियन र नेपाल र आयरल्याण्ड बीच कुटनीतिक सम्बन्द स्थापना भएको १८ औ बार्षिकउत्सव उपलक्ष्यमा उक्त कार्यकम संचालन गर्न लागिएको छ। कार्यकमको प्रमुख आकर्षण स्वरूप १० सेप्टेम्वर २०१७ मा डब्लिनको फार्मेली,फिनिस पार्कमा 'नेपाल आयरल्याण्ड दिवस आयोजना गरिनेछ। कार्यकम समय दिउसोको १२ देखि ५ सम्म रहेनछ ।

२०१६ मा नेपाल पुगेका पर्यटक तुलनामा २०१७ मा ३०-४० % सम्म बढी यूरोपियन पर्यटक भित्राउने लक्ष्य सहित "नेपाल भ्रमण- युरोप २०१७' अभियान, नेपाल पर्यटक बोर्ड र नेपाल राष्ट्रिय पर्यटक सङ्गठन (पर्यटन गतिबिधिका लागि संस्था) दूरा घोसणा गरिएको थियो।

सेप्टेम्वर १० मा हुने नेपाल आयरल्यान्ड दिवसका दिन नेपाली र आइरिस कलाकारहरुबाट सास्कृतिक कार्यकम प्रदशन गरिनेछ। यसका साथै नेपालको मनमोहक फोटो प्रर्दशनी, नेपाली हस्तकला प्रर्दशनी, ट्राभल एजेन्सी र आयरल्याण्डका जानकारीमुलक गतिविधीहरु र अन्य बिभिन्न कार्यकमहरु पनि समावेश गरिनेछ ।

नेपालमा ब्यापार र लगानी नामक अन्तरक्रिया कार्यकम ९ सेप्टेम्वर आयोजना गरिनेछ। यसमा प्रमुख सहाभागीहरु नेपालमा ब्यापारको चासो भएको आइरिस लगानीकर्ताहरु हुनेछन। अन्तर्किया कार्यक्रमको प्रमुख लक्ष्यको रुपमा "नेपालको पर्यटन क्षेत्र " मा लगानी रहेनछ।

"नेपाल सम्भेलन" ८ सेप्टेम्वरमा आयोजना गरिनेछ, जसमा आयरल्याण्डमा अवस्थित / सुरुवात भएका तर नेपालमा कार्यरत मानवताप्रिय संघसस्था र विश्वविधालयहरु उपस्थित हुनेछन र नेपालमा भए/गरेका कार्यहरुको विवारण प्रस्तुत गर्नेछन्।

उक्त बृहत कार्यकममा मुलत: नेपाली कला ,सस्कृति र पहिचानको पर्दशनी हुनेछ। यसका साथै नेपालमा ब्यापार र लगानीका असिमित सम्भावनाहरु, नेपालको प्रमुख पर्यटकिय गन्तव्य र ब्यापारिक केन्द्र बन्नसक्ने झमता आदिको बारेमा पनि चित्रण र विश्लेषण हुनेछ।

बेलायत र आयरल्याण्डका लागि नेपालका राजदूत डा. दुर्गा बहादुर सुबेदीले "हाल नेपाल र आयरल्याण्ड बिचको सम्बन्ध धेरै प्रगाढ भएको र यसैका कारण दुवै देशको हितका लागि, विभिन्न क्षेत्रमा पारस्परिक सहयोग विस्तार गर्न सकिने प्रवल सम्भावना बढेको र त्यसका लागि "नेपाल आयरल्याण्ड दिवस" जस्ता कार्यक्रमको ठुलो योगदान रहेको विचार व्यक्त गर्नुभयो।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी ले " नेपाल भ्रमण-युरोप २०१७" अभियान नेपाल पर्यटन बोर्डको अगुवाईमा हाल सरकारी स्तरबाटै धेरै भन्दा धेरै यूरोपियन पर्यटक भित्राउने लक्ष्यका साथ संचालन गरि निरन्तरता दिईएको उल्लेख गर्नुभयो। उहाँले पनि 'नेपाल आयरल्याण्ड दिवस' जस्ता कार्यकमबाट नेपालमा आइरिस पर्यटकहरु आकर्षित हुने र यहि उत्साह ले अन्य यूरोपियन मुलुकमा पनि गति लिने बिश्वास व्यक्त गर्नुभयो।

'नेपाल आयरल्याण्ड समाज' ले इ.स. २०१३ देखि आयरल्याण्डमा आइरिस जनसम्पर्क कार्यालय(OPW) का साथ मिलेर 'नेपाल दिवस' कार्यकम संचालन गर्दै आइरहेको छ।

'नेपाल आयरल्याण्ड समाज' का अधक्ष्य, हाल आयरल्याण्डका लागि नेपाल पर्यटन बोर्डका अवैतानिक जनासम्पर्क प्रतिनिधि र 'नेपाल भ्रमण-युरोप २०१७' कार्यकमका आराम्भकर्ता /संयोजक दीपेशमान शाक्यले यस वर्ष 'नेपाल आयरल्याण्ड दिवस' बिशेष रहने उल्लेख गर्नुभयो। 'नेपाल भ्रमण-युरोप २०१७ को पृष्ठभूमिमा यस दिवस मार्फत नेपालको बारेमा यूरोपियनहरुलाई जानकारी प्रदान गर्न र अन्तत भ्रमणको लागि उत्साहित गरि नेपालको पर्यटन प्रवद्धन गर्न सकिने बताउनुभयो। नेपाल भ्रमण-युरोप २०१७ का हालसम्म भए /गरिएका कार्यकमहरुबाट नेपालबारे धेरै सभावित पर्यटकहरुले जानकारी पाएको र नेपाल जान लालयित रहेको पनि उहाँले बताउनुभयो। स्मरण रहोस्- यस अभियान अन्तर्गत युरोपका अन्य देशहरु र आयरल्याण्डकै अन्य सहरहरुमा पनि बिभिन्न कार्यकमहरु भाइरहेको छन्।

विगतका बर्षहरुमा 'नेपाल आयरल्याण्ड दिवस' का दिन करिब आठ हजार सम्म यूरोपियन (मुलत: आइरिस) हरुको सहभागिता रहेको थियो। यसबर्ष आयोजकहरुले सामाजिक संजाल , पत्रपत्रिका र अन्यतिर बिज्ञापन गरि प्रन्ध हजार जतिको हाराहारीमा सहभागिता गराउने लक्ष्य लिएका छन्।