आयरल्याण्डमा नेपाली महोत्सव

Post date: Aug 5, 2016 10:06:14 AM

आश्विन ९ - नेपाली संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयरल्याण्डको डव्लिनस्थित फोनिक्स पार्कमा नेपाली महोत्सव भएको छ । गत २१ सेप्टेम्बर आयोजित महोत्सव संयुक्त अधिराज्य रसहप्रमाणीकरण आयरल्याण्डका लागि कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्री र डब्लिन महानगरका कार्यवहाक लर्ड मेयर टेरेसा केगनले संयुक्त उद्घाटन गरेका थिए ।

महोत्सवमा नेपाली प्राकृतिक, सांस्कृतिक र सामाजिक परिदृश्य झल्काउने तस्विरहरुको प्रदर्शनी, नेपाली संगीत नृत्य, विभिन्न हस्तकला सामाग्रीहरुको स्टल तथा नेपाली स्वादिष्ट खानाका परिकार प्रदर्शनगरिएको थियो । महोत्सव नेपाली सहित हजारौं आइरिसले अवलोकन गरेका नेपाली दूतावासले जनाएको छ ।

नेपाली दूतावास, नेपाल आयरल्याण्ड समाज र गैर आवासीय नेपाली संघ, आयरल्याण्डको संयुक्त पहलमा भएको उक्त महोत्सवमा कार्यवहाक राजदूत क्षेत्रीले महोत्सवले आयरल्याण्डमा नेपाल चिनाउनउल्लेखनीय भूमिका निर्वाह गर्नुका साथै नेपालको पर्यटन र संस्कृति प्रवर्द्धन एवं संरक्षण गर्न टेवा पुग्ने जनाए । क्षेत्रीले नेपाल र आयरल्याण्डबीच सरकारी स्तरबाट पनि सम्वन्ध बढाउने विषयमा आफू लागिरहेकोजनाउंदै यसका लागि आयरल्याण्डमा अवैतनिक वाणिज्यदूत खोल्न जोड दिए ।

महोत्सव उद्घाटनका अवसरमा प्रमुख अतिथी डब्लिन लर्ड मेयर टेरेसा केगन र फिंगल काउन्टी मेयर मागस मुर्रेले महोत्सवले दुई देशबीचको सम्वन्ध अरु बलियो बनाउने धारणा राखे । कार्यक्रममा एनआरएनएआयरल्याण्डका अध्यक्ष गणेश प्रसाईं र नेपाली महोत्सव तयारी समितिका संयोजक नेपाल आयरल्याण्ड समाजका अध्यक्ष दीपेशमान शाक्यले नेपाली पर्यटन एवं संस्कृति प्रवर्द्धन गर्नु महोत्सवको उद्देश्य रहेकोप्रष्ट्याए ।

महोत्सवमा फिंगल काउन्टी मेयर काउन्सिलर मागस मुर्रे, डब्लिनकी पूर्व लर्ड मेयर तथा पूर्व युरोपियन संसदकी सदस्य इम्मर कोस्तेल्लो, नेपाली लोकगायक तथा अमेरिका र पेनिसुलवेनीया मेरिल्याण्डका लागिअवैतनिक महावाणिज्यदूत प्रेमराजा महत लगायत विशिष्ठ अतिथिहरुको पनि उपस्थिति थियो । महोत्सवमा महतको गायन, नेपाल कल्चरल ग्रुप आयरल्याण्डका स्थानीय कलाकारहरुको नृत्य र गीतले दर्शकरोमाञ्चित बने ।

औपचारिक कार्यक्रम सञ्चालन एनआरएनए आयरल्याण्डका महासचिव प्रकाश श्रेष्ठ र करुणा थापाले गरेका थिए ।

सोही सांझ नेपालीहरुले डब्लिनस्थित रेडिसन ब्लु होटलमा प्रेमराजा महतको उपस्थितिमा दशैं शुभकामना साँझ आयोजना गरे ।