News Archive‎ > ‎

आयरल्याण्डमा नेपाली महोत्सव

posted Aug 5, 2016, 3:06 AM by Nepal Ireland Society   [ updated Aug 5, 2016, 3:11 AM ]

आश्विन - नेपाली संस्कृति पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयरल्याण्डको डव्लिनस्थित फोनिक्स पार्कमा नेपाली महोत्सव भएको गत २१ सेप्टेम्बर आयोजित महोत्सव संयुक्त अधिराज्य सहप्रमाणीकरण आयरल्याण्डका लागि कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्री डब्लिन महानगरका कार्यवहाक लर्ड मेयर टेरेसा केगनले संयुक्त उद्घाटन गरेका थिए

महोत्सवमा नेपाली प्राकृतिक, सांस्कृतिक सामाजिक परिदृश्य झल्काउने तस्विरहरुको प्रदर्शनी, नेपाली संगीत नृत्य, विभिन्न हस्तकला सामाग्रीहरुको स्टल तथा नेपाली स्वादिष्ट खानाका परिकार प्रदर्शन गरिएको थियो महोत्सव नेपाली सहित हजारौं आइरिसले अवलोकन गरेका नेपाली दूतावासले जनाएको

नेपाली दूतावास, नेपाल आयरल्याण्ड समाज गैर आवासीय नेपाली संघ, आयरल्याण्डको संयुक्त पहलमा भएको उक्त महोत्सवमा कार्यवहाक राजदूत क्षेत्रीले महोत्सवले आयरल्याण्डमा नेपाल चिनाउन उल्लेखनीय भूमिका निर्वाह गर्नुका साथै नेपालको पर्यटन संस्कृति प्रवर्द्धन एवं संरक्षण गर्न टेवा पुग्ने जनाए क्षेत्रीले नेपाल आयरल्याण्डबीच सरकारी स्तरबाट पनि सम्वन्ध बढाउने विषयमा आफू लागिरहेको जनाउंदै यसका लागि आयरल्याण्डमा अवैतनिक वाणिज्यदूत खोल्न जोड दिए

महोत्सव उद्घाटनका अवसरमा प्रमुख अतिथी डब्लिन लर्ड मेयर टेरेसा केगन फिंगल काउन्टी मेयर मागस मुर्रेले महोत्सवले दुई देशबीचको सम्वन्ध अरु बलियो बनाउने धारणा राखे कार्यक्रममा एनआरएनए आयरल्याण्डका अध्यक्ष गणेश प्रसाईं नेपाली महोत्सव तयारी समितिका संयोजक नेपाल आयरल्याण्ड समाजका अध्यक्ष दीपेशमान शाक्यले नेपाली पर्यटन एवं संस्कृति प्रवर्द्धन गर्नु महोत्सवको उद्देश्य रहेको प्रष्ट्याए

महोत्सवमा फिंगल काउन्टी मेयर काउन्सिलर मागस मुर्रे, डब्लिनकी पूर्व लर्ड मेयर तथा पूर्व युरोपियन संसदकी सदस्य इम्मर कोस्तेल्लो, नेपाली लोकगायक तथा अमेरिका पेनिसुलवेनीया मेरिल्याण्डका लागि अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत लगायत विशिष्ठ अतिथिहरुको पनि उपस्थिति थियो महोत्सवमा महतको गायन, नेपाल कल्चरल ग्रुप आयरल्याण्डका स्थानीय कलाकारहरुको नृत्य गीतले दर्शक रोमाञ्चित बने

औपचारिक कार्यक्रम सञ्चालन एनआरएनए आयरल्याण्डका महासचिव प्रकाश श्रेष्ठ करुणा थापाले गरेका थिए

सोही सांझ नेपालीहरुले डब्लिनस्थित रेडिसन ब्लु होटलमा प्रेमराजा महतको उपस्थितिमा दशैं शुभकामना साँझ आयोजना गरे

Comments